छरपस्ट भएका सपनाहरु

फेरि एक पल्ट

सम्हाल्दै छु म

नसोच ए दुनियाँ

पागल भएँ म !

 

बुझिराख ए दुनियाँ

मृत्यु–शैयाबाट उठेर

हिँडेको मान्छे हुँ म

कति चोटहरु सहेँ

तर कहिले ढलेँ र म ?

 

देखेको छु मैले

कति आफ्नाहरुको

उत्रेको मुखुण्डो

नसोच तिम्रो असली अनुहार

चिन्दिन म !

 

शीर उठाएर बाँच्नुमा

जो गरिमा छ

धन–दौलतको लागि

ऎश–आरामको लागि

लुते भएर भाग्दा

कहाँ हुन्छ ?

 

भाग्नु पर्दैन तिमीले

सहयोग गर्नु पर्छ भनेर

लिन्न सहयोग लुतेहरुको

जति चोट लागे पनि

छाती भित्र अझै

आत्म–सम्मान बाँकी छ

 

फेरि एक पल्ट

एक्लै एक्लै

यात्रामा निस्केको छु

जिन्दगीमा फेरि एक पल्ट

अर्को शिखर  चढ़दै छु

नसोच ए दुनियाँ !

पागल भएँ म !

 

–

युलेस, टेक्सास

जुन ४, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected