छरपस्ट भएका सपनाहरु

फेरि एक पल्ट

सम्हाल्दै छु

नसोच दुनियाँ

पागल भएँ !

 

बुझिराख दुनियाँ

मृत्युशैयाबाट उठेर

हिँडेको मान्छे हुँ

कति चोटहरु सहेँ

तर कहिले ढलेँ ?

 

देखेको छु मैले

कति आफ्नाहरुको

उत्रेको मुखुण्डो

नसोच तिम्रो असली अनुहार

चिन्दिन !

 

शीर उठाएर बाँच्नुमा

जो गरिमा

धनदौलतको लागि

ऎशआरामको लागि

लुते भएर भाग्दा

कहाँ हुन्छ ?

 

भाग्नु पर्दैन तिमीले

सहयोग गर्नु पर्छ भनेर

लिन्न सहयोग लुतेहरुको

जति चोट लागे पनि

छाती भित्र अझै

आत्मसम्मान बाँकी

 

फेरि एक पल्ट

एक्लै एक्लै

यात्रामा निस्केको छु

जिन्दगीमा फेरि एक पल्ट

अर्को शिखर  चढ़दै छु

नसोच दुनियाँ !

पागल भएँ !

 

युलेस, टेक्सास

जुन , २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected