शिव शर्मा
टेक्सस– अमेरिका आएर अमेरिकाकै राजनिति गर्नुपर्छ, टेक्सस युलेसका नेपाली समाजसेजी टिका पौडेल अर्थात टिका दाई यसै भन्ने गर्थे ।

एक दर्शक भन्दा लामो समय देखि अमेरिकाको टेक्सस बसाईका क्रममा यही सोच्थे उनि ।तर परिस्थिति र पारिवारिक जिम्मेवारीले उनले राजनितिमा हाम फाल्न तत्काल सकेनन । ढिलो भए पनि उनले आट गरे र पहिलो प्रयासमै टेक्ससको युलेश सिटी काउन्सिल प्लेश–६ को निर्वाचन जितेर इतिहास रचेका छन् ।


उनले नेपाली संगै एशियन र अमेरिकन समुदायको बलियो साथ बटुल्दै शनिवार राती अबेर सकिएको मतगणनामा आफना प्रतिद्धन्द्धी एरिक बन्सलाई पराजीत गदै युलेस सिटीको सदस्यमा निर्वाचित भएका हुन । उनी टेक्ससबाट अमेरिकी राजनितिमा होमिएर सिटी काउन्सिलमा पुग्ने पहिलो नेपाली मुलका अमेरिकन बनेका छन् ।
जितपछि टिका माला र खादाले रंगिएका विजयी टिका पौडेलले युएसनेपाल पोष्टसंग प्रतिकृया दिदै भने–‘यो जित नेपाली समुदाय संग आम अमेरिकनहरुको हो ।’ स्थानिय तहमा नेपाली समुदायलाई राहत पुग्ने विषयमा सम्बन्धीत ठाउ“मा पुराउन अब पहल गर्नेछु ।
युलेस स्थित उनको घरमा जितपछि ठुलो समुहमा नेपाली समुदाय देखि अमेरिकनहरु उपस्थित भएर बधाई दिएका थिए ।
युलेस सिटी काउन्सिल प्लेश–६ को पहिलो चरणको निर्वाचमा विजय हुने मतको प्रतिशत कसैले नल्याएपछि निर्वाचन रनर अफको रुपमा दोस्रो पटक निर्वाचन भएको थियो । रनर अफमा भने टिका पौडेलले आफना प्रतिस्पर्धीलाई पाखा लगाउदै जित हासिल गरेका हुन ।

 

यस्तो टिका पौडेलको कर्म

गाडी बिग्रियो, जागीर चाहियो, घर भित्रको कुनै मेसिनरी सामान बिग्रीयोस या नेपालीलाई कुनै आपत परोस । यो काममा एउटा दुब्लो पातलो ज्यान सधै हाजीर हुन्छ टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रतिर । आफुले भ्याए सम्म र सकेपछि नेपाली समुदायको सेवामा तयार हुने उनी हुन टिका पौडेल अर्थात ‘टिका दाई’ । टेक्ससको युलेस बस्दै आएका पौडेल ड्याल– फोटवर्थ क्षेत्रमा प्राय नेपाली समुदायले उनलाई चिन्छन् । सबैले उनलाई ‘टिका दाई’ भनेर बोलाउछन् । अझ रोचक के छ भने उनी बस्ने ओकिज कम्युनिटीको नाम नै पछिल्लो समय उनकै नामबाट टिकापुर भएको छ । उनलाई चिन्नेहरु त टिकापुरका टिका दाई भनेर संबोधन गर्छन् । सुरुमा टोल


छिमेककाले जिस्काएर भन्दा भन्दै अहिले उनी बस्ने टोल नै टिकापुर भएको छ ।
मेसिनरी सामान र गाडी सम्बन्धी उनलाई बढी भन्दा बढी जानकारी छ । ्यसरी सामान्य बिग्रेका घर तथा गाडीका मेसिनरी सामान उनी निशुल्क बनाइदिन्छन् ।
१६ वर्ष भइसक्यो अमेरिका आएको पनि उनी । एक दुई वर्षको संघर्ष पश्चात नेपाली समुदायको हित हुने काममा अहिलेसम्म पनि निरन्तर लागीरहेका छन् । कसैको गाडी बाटैमा पन्चर भयो भने बनाउन कुदी हाल्छन् । नया आउने नेपालीलाई गाडी सिकाउने देखि अर्पाटमेन्ट खोजी दिने काम पनि गर्छन् । कतिपय सुरुमा पढ्न आउने नेपाली विद्यार्थीलाई त महिनौ सम्म आफनै घरमा पनि राखेका छन् । आफनै नाममा अर्पाटमेन्ट खोजिदिएका छन् । नेपाली समाज टेक्ससमा कृष्ण लामिछाने अध्यक्ष भएको कार्यकालमा उनले दुई वर्ष नेपालीहरुलाई निशुल्क गाडी पनि सिकाए ।

अहिले पनि उनी यो काममा लागीरहेका छन् । जागीर खोजिदिने देखि सुरुमा आउनेलाई सवारी नहुदा यातायात मिलाईदिने उनको काम हुन्छ । घर भित्र धारा लगायत अन्य केही बिग्रयो भने उनलाई टेलिफोन आइहाल्छ । ‘दिनमा ५–६ वटा कल त आइरहन्छ’ व्यस्त सयमका बाबजुत पनि युएस नेपाल पोष्ट संग कुराकानी गदै पौडेलले भने– ‘मेरो समयले भ्याएसम्म सकेको सहयोग गरिरहेको छु ।’
उनले नेपाली मन्दिर निर्माणमा आफुले सहयोग त गरेका छन् नै सहयोग जुटाउने काममा समेत जुटीरहेका छन् । नेपालीलाई आइपर्ने व्यक्तिगत सहयोग होस या समुदायलाई गर्ने सहयोग उनी सदैव तत्पर हुन्छन् । उनले आफुले गरेको काम यति गरे उति गरे भनेर भन्न मन पराउदैनन । नत उनी यति काम गरे भन्दै प्रचारको पछि नै हिडे ।


केवल पैसा दिएर मात्रै समाजसेवी हुने हैन , उनी त ज्यानै दिएर समाजसेवी भएका छन् । ‘उनी नेपाली समाजका लागी एउटा सहयोगी नै हुन’ नेपाल समाज टेक्ससका पुर्व अध्यक्ष कृष्ण लामिछानेले भने– ‘नेपालीहरुको सहयोगका लागी ज्यान दिएर लाग्ने खालका शालिन व्यक्ति हुन ।’
समाजसेवी बन्नलाई पैसा हैन उनको जस्तै ठुलो हदय चाहिन्छ । यही भएर त भौतिक रुपमा आफुले सकेको सहयोग गरेर सबैका हाइहाई टिका दाई भएका छन् । यसरी निस्वार्थ रुपमा ज्यान दिएर नेपाली समुदायको हितमा लागेका उनले लिएको भए अहिले सम्म टेक्ससमा कति पदहरु खाइसक्थे । तर उनी कुनै संघसंस्थामा आवद्ध भएनन । नत पदको लोभ नै गरे ।
उनले नेपाली समुदायको सहभागीता बढाउन र नेपाली संस्कृतिलाई जोगाउन फागु पर्व देखि तीज, लगायत नेपाली नया वर्षको कार्यक्रमको समेत चाजोपाजो मिलाउछन् । उनी बस्ने ओकिज कम्युनिटीमा अहिले नेपालीहरुको मात्र ५२ वटा घर छ । उनकै नेतृत्वमा यहा“ विभिन्न सामाजिक गतिविधी पनि हुदै आएको छ । उक्त समुदाय विदेशी र नेपाली सहित २७६ घर धुरी छ । होम ओनर एशोसिएसन को उनी दुई वर्ष अध्यक्ष भएर काम गरे । उनी नेपालीको मात्र नभई अमेरिकन गाराहरुको समेत मनमा बसेका छन् । गोराहरुले समेत घरमा समस्या भएमा उनलाई नै फोन गरेर डाक्ने गर्छन् ।

उनलाई अमेरिका आएर पनि कांग्रेस कम्युनिष्टको राजनिति गरेको मन पदैन । एउटा आस्था सबैको हुन्छ । तर यता आएपछि त्यो सबै छाडनु पर्ने उनी बताउछन् । अमेरिकामा काग्रेस कम्युनिष्ट भन्दा पनि यतैको डेमोक्रेट र रिपल्बिक भनेर यहीको राजनितिमा लाग्नुपर्ने उनको जोड छ । नेपाली पनि अब यहा“को राज्य र सिटीमा प्रतिनधित्व गर्ने हैसियत बनाउनु पर्ने उनको सुझाव छ ।

रत्ननगर देखि अमेरिकामा सम्म
बागलुङ सर्कुवामा जन्मेका टिकाको परिवार चितवनको रत्नगर बसाई स¥यो । पा“च वर्षको हु“दा उनी चितवन आइपुगे । मध्यमवर्गिय किसान परिवामा हुर्किएका उनको वनजंगल घा“सदाउरा गदै स्कुले जीवन बित्यो । तीन किलोमिटर हिडेर उनी नेपाली मावि पढन जान्थे । कलेज पढ्दा पनि उनी ६ किमी हिडेर सहिद स्मृति कलेज पढ्न जान्थे । ब्याचलर पढ्न थालेपछि बल्ल उनले एउटा पुरानो साइकल किनेका थिए रे ।
६ दाजुभाईमा माहिला उनले बजार व्यवस्थापनमा डिग्री सम्मको अध्ययन पुरा गरे । त्यस्तै गणितमा बिए, अग्रेजीमा बिएड पनि गरे । बालकुमारी कलेजमा मार्केटिङ पढाउन थाले । उनले विद्यालयमा पनि १२ वर्ष पढाए । उनले लामो समय ट्युसन पनि पढाए चितवनमा । शिक्षा क्षेत्रमा होमिएका उनले शिक्षा क्षेत्रमा सहयोग संकलन, तथा सिचाई प्रविधीमा सहयोग अभियान पनि थाले ।
समुदायलाई व्यापारमा कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने बारेमा निशुल्क तालिमहरु प्नि संचालन गरे । सामुदायिक वन संरक्षणको अभियानलाई पनि उनले अगाडी बढाए । मासिएको वन संरक्षण गर्ने अभियानका क्रममा उनले गाली मात्र हैन कुटाई पनि खानु परो ।


चितवनमा शिक्षण पेशा अंगाल्दै व्यवसायिक ट्युसन पढाउदै जमेर बसेका उनलाई तत्कालिन अवस्थामा विद्रोदी माओवादीले चन्दा माग्ने, धम्की दिदै दुख दिने काम धेरै गरे । शिक्षकहरु माथि आक्रमण भएको पनि उनले देखेका थिए । सुरक्षीत वातावरणको महसुस नगरेपछि उनी अमेरिका आउनका लागी तयारी गदै थिए । संयोगवश उनलाई २००४ मा डिभी प¥यो । झण्डै १६ वर्ष अघि उनी अमेरिका आए । टेक्ससका आइटी व्यवसायी गौरी जोशीको रेखदेखमा अमेरिका आए । टेक्सस आएर जोशीकोमा नै बसे । सहयोग राम्रो पाए । व्यवसायमा लाग्न पनि जोशीले नै हौसाए र सहोग गरे । सुरुमा आएर उनले भारतीय मयुरी रेष्टुरामा वेटरको काम गरे । त्यही रेष्टुरामा काम गर्दा आफैले पढाएका विद्यार्थीसंग उनको जम्काभेट भयो । सर वेटर भन्दै उनले भनेपछि उन अकमक्किएछन् । उनलाई यसले केही अप्ठ्यारो महसुस भयो । एक महिना गरेपछि रेष्टुराको काम छाडी दिए । स्टोरको काममा लागे । त्यसपछि उनी उनले धेरै ठाउ“मा काम गरे । अहिले उनी होम डिपोको सुपरभाइजर र एउटा आफनै ग्यास स्टोर पनि छ ।
अमेरिका आएको धेरै समय काम गदै नेपालीको दुखमा सहारा बन्दै कुदीरहे । उनीसंगका धेरैले पैसा पनि कमाए । तर उनले धेरै समय नेपाली समुदायको हितमा भन्दै दौडीरहे । २०१३ पछि बल्ल उनले भानु खरेल, केदार केसी र दिपक सत्याल संग मिलेर स्टोरको व्यवसाय सुरु गरेका थिए । अहिले उनको एकल लगानीमा स्टोर छ । तर जागीर पनि छदैछ । तर पनि नेपाली समुदायमा हितमा दौडिन छाडेका छैनन ।
उनी नेपाली समाजको हरेक गतिविधीमा अग्रसर हुन्छन् । सहयोगका लागी उनी हिच्किचाउदैनन । जीवनसंगीनी इन्दिरा न्यौपानेले पनि उनको हरेक अभियानमा साथी दिएकी छिन् । फिजिसियन डाक्टर पढ्दै गरेका छोरा वरदान पौडेल पनि बाबुको बाटो पछ्याउदै नेपाली समाजमा सहयोगी बनिरहेका छन् । छोरी पनि अन्तराष्ट्रिय अर्थशास्त्री बन्न अर्थशास्त्र पढ्दैछिन् ।

छोराछोरी पनि आफनो बाटोमा लागीसकेकाले उनी अब व्यवसाय पनि विक्री गरेर अझै बढी समाजका लागी लाग्ने सोच बनाएका छन् । ‘नेपाली समुदायमा आइपर्ने समस्यालाई समाधान गर्न पाउदा मन नै आनन्दित हुन्छ उनले भने– ‘अरुको समस्यामा अग्रसर हुन पाउदा नै मलाई आत्मसन्तुष्टि मिल्छ ।’ अमेरिका जस्तो व्यस्त जीवनशैलीमा पनि नेपाली समुदायको हितमा लाग्ने उनको कर्मलाई हामी सबैले मान्नैपर्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected