अमेरिका–अमेरिकामा हरेक वर्ष फिलाडेल्फियामा एउटा नांगै बाइक राइडको आयोजना हुदै आएको छ । हजारौको संख्यामा यो बाइक राइडमामा सहभागी हुने गरेका छन् । अघिल्लो वर्ष कोरानाभाइरसका कारण यो कार्यक्रम आयोजना हुन सकेन । तर यसपटक भने एउटा शर्तमा भाग लिनका लागी यो बाइक राइडको आयोजना गरिएको छ । यो वर्ष नांगै तर मास्क लगाएर यो बाइक राइडमा सहभागी हुनुपर्नेछ । आउदो अगष्ट २८ मा बाइक राइडको आयोजना हुदैछ ।

बाइक राइडमा सहभागी हुनेहरु सबैभन्दा पहिला पार्कमा जम्मा हुन्छन् । सहभागीहरुले एक अर्कोका कपडा खोल्ने गर्छन् । यो बाइक राइडमा महिला तथा पुरुष पेन्ट सर्ट तथा अन्टरवियर विना सहभागी हुने गरेका छन् । पुर्ण रुपमा शरीर नांगो भएपछि महिला र पुरुष बाइक राइडमा सहभागी हुने गरेका छन् । खास गरी साइकल चालकलाइृ बढवा दिदै पेट्रँेीलियम पदार्थको निर्भरताको विरोध गर्नु यो बाइक राइडको प्रमुख उद्देश्य हो । यो राइडमा १६ किलोमिटर सम्म बाइक चलाउने गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected