अमेरिका– अमेरिकाको नर्थ क्यारोलिनामा मस्तिषकघातका कारण अस्पतालमा उपचारका क्रममा ३४ वर्षिय नेपाली युवा भरतराज ओलीको निधन भएको छ ।
चार दिन अघि स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना गरिएका ओलीको आईतबार निधन भएको हो । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले ओलीको निधन प्रति गहिरो समवेदना व्यक्त गरेको छ । मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न नर्थ क्यारोलिना समुदायले गोफन्ड मार्फत आव्हान गरेको छ ।
नर्थ क्यारोलिना नेपाली समुदायचारा खोलिएको गोफन्डमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । मृतक ओलीका आमा,
श्रीमति, दुई वर्ष छोरा र दुई दिदिबहिनी नेपालमा रहेका छन् । उनी २०१० मा इडिभी भिसा मार्फत नेपालकेा दांगबाट अमेरिका आएको उनलाई नजिकबाट चिन्ने नर्थ क्यारोलिना निवासी इश्वर देवकोटाले जानकारी दिएका छन् । श्रीमति र छोरा अमेरिका ल्याउने प्रकृया चलीरहेको बेला उनको दुख्द निधन भएको छ ।
उनी स्वास्थ्य समस्याकै कारण फुल टाइम काम समेत गर्न सकेका थिएनन । उनी पार्टटाइम काम गदै आएका थिए ।
ल्याउने प्रयास भइरहेको थियो । सामाजिक काममा सक्रिय युवाको निधनले नर्थ क्यारोलिनाबासी नेपालीले एक हनोहार सामाजिक अभियान्ता गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।
सहयेागका लागी गेाफन्ड
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...