अमेरिकामा आउदो जुलाई दोस्रो हप्तादेखि चाइलड ट्याक्स क्रेडितको रकम वितरण हुने भएको छ ।
आइआरएसले जुलाई १५ देखि किस्ता किस्तामा चाइल्ड ट्याक्सन क्रेडितको रकम पठाउन सुरु गर्ने भएको हो ।
जस अनुसार ६ देखि १७ वर्षका बालबालिकाको हकमा
३ हजार डलर सम्म, ६ वर्ष मुनिका बालबालिकाको हकमा ३६ सय डलर प्राप्त गर्नेछन् ।
मासिक रुपमा २ सय ५० देखि ३ सय डलर सम्म उमेर हेरेर रकम प्राप्त गर्नेछन् । अमेरिकी सरकारले
३९ मिलियन अमेरिकी जनताका परिवारका बालबालिका लागी यो चाइल्ड ट्याक्स क्रेडित प्रदान गर्न लागेको हो ।
बच्चाले प्राप्त गर्ने चाइल्ड ट्याक्स क्रेडित परिवारको आम्दानीमा निर्भर रहनेछन् ।
बच्चाको संख्या अनुसार परिवारले रकम पाउनेछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected