टेक्सस– अल्जाइमर रोग एक प्रकारको बिर्सने र भुल्ने रोग हो ,। यसले स्मरण शक्ति सोच्ने क्ष्मतामा पनि असर पार्छ । अमेरिकामा झण्डै २० वर्षपछि स्वाथ्य अधिकारीहरुको ठुलो विचार विमर्शपछि यो रोगको उपचारका लागी नया औषधीलाई प्रयोगको अनुमति दिइएको छ । अमेरिकी सरकारी स्वास्थ्य विभाग (एफडिए) ले बायोजेन कम्पनीद्धारा विकसित गरिएको औषधी प्रयोगका लागी अनुमति दिएको हो । यो अल्जाइमर मस्तिषकलाई बिस्तारै बिस्तारै नष्ट बनाउदै लैजाने रोग हो । जसका कारण पीडितले शरीरमा आफनो नियन्त्रण गुमाउदै जान्छ । अमेरिकी स्वास्थ्य विभागले यो नया औषधीले बिरामीमा असर कम गर्न मदत गर्ने जनाएको छ ।
औषधी प्रयोगका लागी अनुमति दिएपछि लाखौ बुद्ध अमेरिकी नागरिक तथा उनका उनिहरुको परिवारलाई यसले बढी राहत मिलेको छ । यो नया औषधी बायोजेनले जापानको आईसाई कम्पनीसंग मिलेर तयार पारेको हो । यो औषधीले मतिष्कमा पुगेको नोक्सानलाई पुर्णता दिन नसके पनि भविष्यमा हुने नोक्सानलाई कम गर्न मदत गर्ने विश्वास गरिएको छ । यो औषधी हरेक चार हप्तामा एक पटक बिरामीलाई दिनुपर्ने हुन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected