अमेरिकामा रहेका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको बारेमा जानकारी दिन राज्य राज्यमा

अमेरिका–महावीर पुन परिचय दिइरहनु पर्ने नाम हैन । एशियाको नोबेल पुरस्कारको रुपमा परिचित म्यागेसेसे पुरस्कारबाट सम्मानित पुन यतिबेला अमेरिकामा छन् । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्काबाट विज्ञान विषयमा डिग्री हासिल गरेर नेपाल फर्केका पुन नेपालमै अनुसन्धानकै काममा लागी परेका छन् । विदेशमा अध्ययन सकेर आफनै देशका लागी केही गर्न स्वदेश फर्केर नेपालकै विकासमा लाग्ने पुन सबैका लागी उदाहरण हुन ।
नेपालमै केही गरौ भनेर अहोरात्र उनी राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागी जुटीरहेका छन् । उनको अभियानलाई देश विदेशमा रहेका नेपालीहरुले दिलखोलेर सहयोग समेत गरेका छन् । खास गरी नेपालको दुर्गम भेगमा वायरलेस इन्टरनेट पुराउन समेत उनी सफल भएका छन् । आफुले अध्ययन गरेको युनिभर्सिटी अफ नेब्रास्काको एक विशेष कार्यक्रममा भाग लिन उनी अमेरिका आएका हुन । गएको मे २३ मा उनी अमेरिकाको नेब्रास्का आइपुगेका हुन । अमेरिका आएपछि उनलाई विभिन्न राज्यमा नेपाली संघ संस्थाले कार्यक्रमको चाजो मिलाएका छन् । अमेरिकामा बसेर महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगका लागी अभियान चलाइरहेका अभियान्त डाक्टर सन्तोष सापकोटाले कार्यक्रमको समन्व्य गरिदिएका छन् ।
आविष्कार केन्द्रले कोराना महामारीको बेला स्वास्थ क्षेत्रमा गरेका कामहरु तथा अहिले सम्म आविष्कार केन्द्रले गरेका अनुसन्धानको बारेमा धेरैलाई जानकारी अमेरिकामा हुने विभिन्न कार्यक्रमहरु उहाले जानकारी दिनुहुनेछ’ राष्ट्रिय आविष्कार केन्द्रका अभियान्ता डाक्टर सन्तोष सापकोटाले भने–‘उहाले अन्तक्रियाका क्रममा अनुसन्धानका प्रगतिहरुका बारेमा जानकारी दिनुहुनेछ ।’
डाक्टर सापकोटाका अनुसार धेरै राज्यहरुमा पुन संग अन्तक्रिया र भेटघाटका कार्यक्रमहरु आयोजना गर्न नेपाली समुदाय उत्सुक रहेको बताए । अहिले अमेरिकाका विभिन्न राज्यमा नेपालीहरु महावीर पुन संग भेटभाट र अन्तक्रिया कार्यक्रमहरु गरिहरेका छन् । अमेरिकाको नेब्रास्का हुदै विभिन्न राज्यमा अन्तक्रिया तथा भेटभाट गरि महावीर पुन जुलाई ८ मा कार्यक्रम सकेर नेपाल फर्केने छन् ।