जापानका नेपाली र्यापर समिरको ”सँघर्ष “ सार्वजनिक

केही बर्ष अघि देखी जापानलाई कर्मथलो बनाईरहेका कैलाली टिकापुरका र्यापर समिर तिमीलशेनाले ”सँघर्ष “नामक र्याप गीत सार्वजनिक गरेका छन् ।बिदेशीयका युवाहरुले भोगेका दु:ख र गरेका सँघर्षलाई उनेर तयार पारीएको उक्त र्याप भिडीयो न्याजी यूट्यूब च्यानलबाट यही अक्टुबर २० तारीखमा सार्वजनिक गरीएको हो ।
शब्द, स्वर र निर्देशन समिरकै रहेको “सँघर्ष”मा एरेन्ज भने संगीतकार अनुप कुवरको रहेको छ । आफ्नै रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई छाँयानकन अङ्दुइ ह्योल्मो र जिबन क्षेत्रीले गरेका हुन। जापानको सिजोओका लगाएतका स्थानमा छाँयानकन गरिएको उक्त भिडियोमा सुमनराज काफ्ले ,साईमन बिश्वकर्मा ,सन्जु आले ,बिशाल क्षेत्री र नबराज थापाले अभिनय गरेका छन् ।
आफ्नै दिदिको निदन भएपछी ”जिन्दगी ” नामक र्याप गीत रेकर्ड गरी म्युजिक क्षेत्रमा प्रबेश गरेका समिर आफु जहाँ रहेपनि नेपाली संगीतलाई छोड्ननसकेको बताउँछन । जापानमा हुने बिभिन्न सांगितिक कार्यक्रमहरुमा आयोजकले प्रस्तुतीको लागि बोलाँउदा र दर्शकको माया पाउँदा आफु हर्षविभोर हुने गरेको ख़ुशी सुनाउछन् ।
भिडीयाे तल छ
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...