ओहायोमा ज्यान गुमाएका नेपाली विद्यार्थी कुशल देवकोटाको अन्तेष्टिका लाग सहयोग आव्हान

अमेरिका– अमेरिकाको ओहायोमा मुत्यु भएका नेपाली विद्यार्थी २५ वर्षिय कुशल देवकोटाको
दाहसंस्कार संगै अन्य खर्चका लागी सहयोग जुटाउन गोफन्ड मार्फत सहयोगको आव्हान गरिएको छ ।
क्यालिफोर्नियाको रिचमण्डमा बसोबास गदै आएका देवकोटोको गएको जुन ७ मा ओहायो
राज्यको राइजिङ पार्क घुम्न गएको बेला दुख्द दुर्घटनामा परेर परेर मुत्यु भएको
नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाले जानकारी दिएको हो । उनको नेपालको घर मकवानपुर जिल्लाको हेटौडा, १५ रहेको छ ।
मृतक देवकोटाको अमेरिकामा परिवारजन र आफन्त कोही नभएकाले तथा कोरोना
कहरको समयमा बेरोजगार रहेका कारण अन्तेष्टि कार्यका लागी आर्थिक समस्या परेकोले
आर्थिक सहयोग जुटाउन आव्हान गरिएको छ ।
आफनो छोरोको अल्पायुमै ज्यान गएपछि परिवारजन अहिले शोकमा डुबेको छ ।
३० हजार लक्ष्य राखेर खोलिएको गोफञन्डमा अहिलेसम्म २१ ह्जार डलर भन्दा बढी संकलन भइसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...