अमेरिकाको जर्जियामा आइतबार बिहान सैन्य अभ्यासका क्रममा दुर्घटनामा परेर तीन अमेरिकी सैनिकको मुत्यु भएको छ । घटनामा अन्य तीन सैनिक घाईते भएका छन् । घाइतेहरुको विन कम्युनिटी आर्मी अस्पतालमा उपचार भइरहेको छ ।
जर्जियाको फोर्ट स्टिवर्टमा सैन्य अभ्यासका क्रममा भएको घटना कसरी भयो भन्ने बारेमा अमेरिकी सेनाले केही बताएको छैन । अमेरिकी टिभी च्यानल सिएनएनले भने एउटा बख्तरबंद गाडीमा सवार सैनिककाे गाडी पानीमा खसेको जनाएको छ । सैनिक अस्पतालमा भर्ना भएका मध्ये दुई सैनिक उपचार पछि फर्किएका छन् ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected