टेक्सस– अमेरिकाको टेक्ससको अर्भिङमा बसेर सामाजिक गतिविधीमा समेत सक्रिय कमल शर्मा यतिबेला
दुर्लभ प्रकारको क्यानसरबाट पीडित भएपछि उपचारका लागी सहयोगको आव्हान गरिएको छ ।
कमैलाई मात्र देखिने बाइल डक्ट क्यानसरबाट पीडित शर्माको उपचारका लागी अस्पतालले इन्सुरेन्स स्वीकार नगरेपछि
उपचारका लागी करोडौ रुपैया लाग्ने भएकाले सहयोग आव्हान गरिएको हो ।
एक श्रीमति दुई छोरा र एक छोरीका पिता कमल एक्लैले काम गरेर परिवार पाल्दै आएका थिए ।बच्चा साना भएकाले श्रीमति सरिता शर्मा आचार्यले रेखदेख गदै आएकी थिइन । परिवारको एक मात्र सहारा श्रीमानको यो अवस्था भएपछि उपचारका लागी उनलाई आर्थिक सहयोगको खाचो छ । नेपाल समाज टेक्ससका लागी योगदान दिदै आएका कमल शर्माको यो अवस्था आएपछि उनको जीवन बचाउन उपचारमा लामो समय लाग्ने र खर्च पनि त्यतिकै लाग्ने भएकाले सहयोग आर्थिक सहयोग गरिदिन श्रीमति सरिता शर्मा आचार्यले समेत सबैलाई विनम्र अनुरोध गरेकी छिन् ।
यस्तो प्रकृतिको क्यानसर केही मात्रमा ६० वर्ष उमेर समुहका लागी देखिने गरे पनि भर्खर ४० पुगेका शर्मालाई अप्रत्यासित रुपमा देखिएको छ । अहिले क्यानसर संग लडीरहेका शर्मालाई सामान्य जीवनमा फर्काउन सबैले आर्थिक सहयोग गर्नुपर्ने आवश्यक रहेको छ ।
उनी क्यानसरबाट पीडित भएपछि साना बच्चा बच्ची सगै श्रीमतिको आर्थिक जीविकोपार्जनमा समेत समस्या भएकाले सबैले आफनो ठाउ“बाट सक्दो सहयोग गरिदिन कमल शर्माको उपचार खर्चको सहयोग अभियान तथा गोफन्ड आव्हानकर्ता रुपेश न्यौपानेले आग्रह गरेका छन् ।

सहयोगका लागी गोफन्डको लिंक तल छ

https://www.gofundme.com/f/help-kamal-sharma-fight-bile-duct-cancer?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR2cuGiSisXOxoh9M8VARPTcgI6BKJKiS4BfoMkancS3LVhsu6UDXiVVTrc

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected