टेक्सस-गत महिना मेरिल्याण्डको उडलण्ड भन्ने स्थानमा भएको गोली प्रहारको घटनामा निधन भएका नेपाली युवा सागर घिमिरेकेा आज अन्तेष्टि गरिने भएकेा छ ।
अकल्पनीय घटनामा परी निधन भएका हाम्रो नेपाली समुदायका युवा सागर घिमिरेको परिवारसंगको सहमतिपछि दाहसंस्कार गर्न लागिएको
मेरिल्याण्ड हाउस अफ जनरल एसेम्बली डेलिगेट ह्यारी भण्डारीले जानकारी दिएका छन ।
उनको निधन सिंगो नेपाली समुदाय र बाल्टिमोर काउन्टीका लागि समेत अपुरणीय क्षति पुगेकेा भण्डारीले बताए ।
यो दु:खद क्षण सागरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न र उनको परिवारजनमा परेको यो अपुरणीय क्षतिमा सान्त्वना दिन उनको अन्तिम संस्कारको कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिएकेा छ ।
अन्तेष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेले अग्रीम जानकारी दिनु हुन अनुरोध गरिएकेा छ
अन्तिम श्रद्धान्जली र अन्तेष्टी कार्यक्रम
मिति: जुन १३,२०२१ आइतवार
स्थान: Kaczorowski Funeral Home
1201 Dundalk Ave , Baltimore, MD 21222
समय: दिनको ठीक १:०० बजे
सम्बन्धित खवर
-
अमेरिकामा बसोबास गर्दै साहित्य, ...
-
युलेस, टेक्सास -नेपाली समाज ...





















