ग्रेटर अस्टिन नेपाली सोसाइटीको नया संचालक समितिमा गेहेन्द्र केसी
टेक्सस– ग्रेटर अष्टिन नेपाली सोसाइटीको ग्यान्स सामुदायिक केन्द्र ट्रष्टी बैठकले गेहेन्द्र केसीको संयोजकत्वमा पाच उपसमिति सहित १३ संचालक समिति गठन गरेको छ ।
आगमी दुई वर्षे (२०२१–२०२३) कार्यकाल लागी ग्यान्स सामुदायिक केन्द्र तथा आध्यात्मिक केन्द्रको निर्माण तथा संचालनको जिम्मेवार संचालक समिति र उपसमितिहरु गठन गरेको हो ।
गेहेन्द्र केसी संयेाजक रहेको समितिको सह सयोजकमा देवराज न्यौपाने, सचिवमा भोजराज भट्ट तथा कोषाध्यक्षमा सकुल कोइराला चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा कृष्ण केसी, निरोज मानन्धर, विदुर खतिवडा, टोप डागी, कला उप्रेती, डा कमल अधिकारी, डा प्रमोद शर्मा, प्रधुम्न श्रेष्ठ र रामकुमार महतो रहेका छन् ।
ग्यान्सका पुर्व अध्यक्ष गेहेन्द्र केसी समितिमा पुनः निर्विरोध निर्वाचन भएका हुन ।
गेहेन्द्रको नेतृत्वमा छोटो समयमै उपलब्धि
उनको नेतृत्वमा छोटो समयमा ५ लाख ९ हजारमा २.६ एकर जग्गामा बनेको भवन र पायक पर्ने दुरमिा खरिद गर्नु ठुलो उपलब्धी भएको समुदायले जनाएको छ । सामुदायिक भवनलाई रिमोडलिङ गररेर गरेर सामुदायिक भवन बनाउने, हिन्दु मन्दिर निर्माण गर्ने, केटाकेटी खेल मैदान लगायतका कामहरु आगामी योजनामा रहेका छन् । अहिले नैं यो सामुदायिक केन्द्रमा बाक्लै गतिविधिहरु हुन थालि सकेका छन् । हिजै राष्ट्रीय आविष्कार केन्द्रका प्रमुख महाविर पुनसँगको भेटघाट कार्यक्रमा बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रीय आविष्कार केन्द्रलाई सहयोग गर्न भनेर ग्यान्सले सुरु गरेको आर्थिक संकलन हालसम्म $13,141.00 संकलन भैसकेको छ र केही समय यो संकलन जारी रहनेछ । सहयोग गर्न चाहनेले Zelle transfer बाट gans.donation@gmail.com मा रकम पठाउन सक्ने छन् ।