बोस्टनमा भाषा साहित्यको भव्य सम्मेलन

गाेवर्धन पूजा
बोस्टन , अमेरिका
अमेरिकाको बोस्टनमा गैर आवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले हालै भाषा –साहित्य प्रथम सम्मेलन”को आयोजना गर्यो | बिभिन्न देशहरुबाट आएका अतिथिको स्वागतमा अनौपचारिक परिचयात्मक कार्यक्रम तथा सम्मानित रात्रिभोजको आयोजना गरेको थियो |
अमेरिकाका बिभिन्न राज्यदेखि क्यानाडा, अफ्रीका, रसियासम्मका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा बोस्टनका नेपालले नेपाली भाषा साहित्यप्रतिको माया र आतिथ्य सत्कारको एउटा उदाहरण पेश गरेका थिए |
तीजको दिन परे पनि महिला समूहको सक्रिय सहभागिता, बालबालिकाको मायालु उपस्थिति, बिभिन्न संघ सस्थाको सक्रिय सहयोग र साहित्यकारहरूको न्यानोपनले कार्यक्रम भव्यमात्रै बनेन आगामी दिनमा एउटा सुन्दर कार्य बोस्टनमा गर्न सकिन्छ भन्ने सम्भावना र चुनौती दिएर गरेको छ |
सम्भवत: भाषा साहित्यको नाममा बोस्टनमा गरिएको एकदशक यताकै ठूलो कार्यक्रम बनेको छ| सम्मेलनलाई न्युहाम्श्यार राज्यको सहयोगी हातहरूले महत्वपूर्ण भूमिका खेलेको थियो |
सम्मेलनको पहिलो दिन पाहुना परिचय तथा काव्यगोष्ठीको आयोजना गरिएको थियो |
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलको बिशेष आतिथ्यमा आयोजित कवि गोष्ठीमा तीन दर्जन कविले कविता सुनाएका थिए |
गज़लकार कृष्ण कुसुमबाट सुरु भएको उक्त गोष्ठीमा डा गोविन्दसिंह रावत, गोविन्द गिरी प्रेरणा, , सर्वज्ञ वाग्ले , लालगोपाल सुवेदी, मणि नेपाली पनेरू, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाह, रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, अग्नि पराजुली, तारा उप्रेती, सूर्य भट्टराई, सिर्जना शर्मा, जयराम रेग्मी, लव अधिकारी, हरि काफ्ले शैव, गीता खत्री, दीपा राई पुन, महेश्वर पन्त, नवीन उप्रेती, प्रेम चौलागाईं, पशुपति सालघारी, लक्ष्मी वजगाईं, जयराम रेग्मी, यम पौडेल, ईश्वरी भट्ट, हरिमाया अधिकारी, सुरेश वाग्ले तथा उमा पराजुली, गोवर्धन पूजालगायतले कविता वाचन गरेका थिए | कार्यक्रम एनआरएन म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङ्को अध्यक्षतामा सम्पन्न भएको थियो |
दोश्रो दिनको कार्यक्रममा भाषा साहित्यका बारेमा प्राडा हेमनाथ पौडेल , हरि अधिकारी , गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत , गीता खत्री, पदम विश्वकर्मा , हिक्मत थापा, बिष्णुमणि आचार्य, सर्वज्ञ पौडेल , सुरेन उप्रेती, सपिला राजभण्डारी ,महेश्वर पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए | बोस्टनका नेपालीले किनेको सामूदायिक भवनमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिकामा बसेर कथा लेखिरहेका २१ जना कथाकारको कथाको महेश पौडेल सम्पादित अंग्रेजी अनुवादको कृति ” डिस्टेन्ट सनरेज”, १३ देशका प्रतिनिधि कथाकारहरूको कथा संकलित “अन्तरदेशीय नेपाली कथाहरू” र २४६ जना महिला मुक्तककारको ४/४ वोटा मुक्तक संगृहीत ” नेपाली मुक्तकमा नारी हस्ताक्षर ” कृतिको लोकार्पण गरिएको थियो |
कार्यक्रममा रमेश पौडेल सम्पादित मुक्तक संग्रहबाट गोवर्धन पूजाले शकुन ज्ञवाली, उषा शेरचन र गौरी तमुको मुक्तक तथा दीपा राई पुनले सरस्वती श्रेष्ठ सरुको मुक्तक वाचन गरेका थिए |
यसैगरी सम्मेलनले ६ बुँदै घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने उल्लेख छ।
यस्तै, प्रत्येक दुईवर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने आदि रहेको छ।
कार्यक्रम आयोजक सस्थाका संयोजक गोविन्द गौतमको सभापतित्वमा सम्पन्न भएको थियो|