अमेरिकामा ६० वर्षिया महिला संग २३ वर्षे युवाको यस्तो मायाप्रेम

अमेरिका– साचो मायामा रंग रुप केही हेरिदैन भन्ने भनाई अमेरिकामा एक जोडीले चरितार्थ पारेका छन् । अमेरिकामा २३ वर्षिय कुरान नामका युवाले आफु भन्दा ३७ वर्ष भन्दा जेठी ६० वर्षिया शेरिल संग गरेको प्रेमसम्बन्धको यतिबेला सामाजिक संजालमा चर्चाको विषय बनेको छ । विशेष गरि भिडियो शेयरिङ एप टिकटकमा यी जोडीलाई सुरुमा देख्नेहरु हजुरआमा र नाती भनेर झुकिन्छन् । तर यथार्थमा भने उनिहरु प्रेमी र प्रेमिका हुन । उनिहरुको यो जोडीलाई अमेरिकी संचारमाध्यमहरुले पनि समाचारको विषय बनाएका छन् ।
२३ वर्षिय कुरानले आफनो ६० वर्षिया प्रेमिका शेरियलसंग भएको प्रेमलाई लुकाएनन ।
उनी सबै साझ आफहरु प्रेमि प्रेमिका भन्दै टिकटकमा भिडियो बनाएर पोष्ट गरिरहेका हुन्छन् ।
अरुले के भन्छन् भन्नेतर्फ नलागी उनिहरु आफनै प्रेमको संसारमा रमाइरहेका हुन्छन् ।
कतिपयले ६० वर्षिया प्रेमिका शेरियल का २३ वर्षिय प्रेमी कुरानलाई आफनो छोराछोरी भन्दा पनि सानो ब्याइफ्रेन्ड भन्दै कमेन्ट गर्ने गरेका छन् । केहीले यसो पनि भन्ने गरेका छन्– पैसाका लागी आफनो हजुरआमा उमेरकी महिलासंग डेट गरिरहेको छ । टिकटकमा छाएका यी जोडीको भिडियोमा यी यस्तै थरिथरिका कृया प्रतिकृया आउने गरेको छ । तर उनिहरु प्रतिकृयालाई बेबास्ता गदै जोडीको भिडियो बनाएर अपलोड गदै रमाइरहेको देखिन्छ ।
–एजेन्सीकेा सहयेागमा