अमेरिकामा मास्क लगाउने विषयमा विवाद हुदा एक महिला क्यासियरको मुत्यु

अमेरिका– अमेरिकाको एटलान्टाको एउटा सुपरमार्केटमा मास्क लगाउने विषयमा भएको विवादमा बन्दुक आक्रमण हुदा एक जना महिला क्यासियरको ज्यान गएको छ ।
एटलान्टाको डेकेटरको मल भित्र रहेको बियर सुपरमार्र्केटको भित्र भएको घटनामा महिला क्यासियरको मुत्यु हुनका साथै केही घाइते भएका छन ।
घटना हुदा धेरै जना सुपरमार्केट भित्र रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । मास्क लगाउने विषयमा विवाद भएपछि
ति व्यक्तिले आफनो बन्दुक निकालेर क्याशियर माथि हमला गरेका थिए । बन्दुक हमलाबाट क्यासियरकेा मुत्यु भएको छ ।
सुर्पेरमार्केटको सुरक्षाका लागी खटिएका एक सुरक्षागार्डले तत्काल सुरक्षाका लागी गोली चलाएका थिए ।
गोलीबाट सन्दिगध घाइते भएका र अस्पतालमा भर्ना गरिएको छ । घटना बारे विस्तृत विवरण बाहिर आएको छैन । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...