अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा ठुलो लगानीमा आउटडोर सुविधासहितको मःम तथा कबा रेष्टुरेष्ट संचालनमा आएको छ ।
क्यालिफोर्नियाको फ्रिमन्टमा नेपाली व्यवसायी भक्त थापा सहितको ६ जनाको टिमले रेष्टुरा संचालनमा ल्याएको हो ।
पछिल्लो समय क्यालिफोर्नियामा खुलेको रेष्टुरेन्टमा पनि यो अत्याधुनिक सेवा सहितको ठुलो रेष्टुरा हो ।
प्राय रेष्टुराहरुमा किचन सेपरेट राखिएको हुन्छ । तर यो रेष्टुरेन्टमा किचन खुल्ला राखिएको छ । खाना कसरी पाक्दैछ , ग्राहकले आफनो टेबलम बसेर समेत हेर्न सक्नेछन् । ‘सबै खाना हाइजनिक तवरले तयार पार्नेछौ’संचालक थापाले भने– खुल्ला कन्सेप्टमा यो रेष्टुरा तयार पारिएको हो । एकै पटकमा ९७ जनाले बसेर रेष्टुन्टमा सेवा लिन सक्नेछन् ।
रेष्टुरेन्टमा नेपाली मम संगै सेकुवा, इन्डियन लगायत अमेरिकन सबै प्रकारका परिवारहरुको व्यवस्था गरिएको छ । झण्डै आधा मिलियन डलरमा रेष्टुरेन्ट तयार भएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected