अमेरिका– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले अमेरिकामा भर्खरै पाइएको कोरोनाभाइरसको
डेल्टा भेरियन्ट ज्यादै चिन्ताजनक भएको बताएको छ ।
अमेरिकामा अहिलेसमम यस्तो बेरियन्ट नदेखिएको तर यो डेल्टा बेरियन्ट ज्यादै नै सक्रमक रहेको बताएको छ ।
सिडिसीले डेल्टा भेरियन्ट ज्यादै खतरनाक रहेको समेत जनाएको हो । भाइरसलाई तब मात्र चिन्ताजनक भनेर भनिन्छ
जब वैज्ञानिकको मान्यता अनुसार जुन अधिक संक्रमक र गंभीर रुपले बिरामी बनाउन सक्छ । यस अघि
विश्व स्वास्थ्य संगठनले पनि गएको मे दस मा डेल्टालाई चिन्ताजनक भेरियन्ट बताएको थियो ।
सिडीसीका अनुसार ५ जुनसम्म अमेरिकामा यो डेल्टाकेा संक्रमण ९.९ प्रतिशत रहेकोमा १३ जुन सम्मको पछिल्ले अपडेट अनुसार १०.३ प्रतिशत भएको छ । सिएननको एउटा रिपोर्ट अनुसार अमेरिकामा डेल्टा भेरियन्ट महिना दिनमा डेल्टा भेरियन्ट अमेरिकामा सबैभन्दा प्रभावशाली बन्ने देखिएको बताएको छ । यस अघि अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले समेत डेल्टालाई अधिक संक्रमक भएको बताउदै सबैलाई भ्याक्सिन लगाउन अनुरोध गरेका थिए ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...