हिँडन लागेको छु म आजकल
नयाँ बाटोमा
नयाँ मानिसहरु भेटिनेछन
फेरि मैले
नयाँ मान्छेहरु चिन्नु पर्नेछ
तर मान्छे हो
कहाँ सजिलो हुन्छ र चिन्न
अवस्था हेरि देखाउँछ
चेहरा भिन्न भिन्न
मान्छे नचिन्दा
फेरि पनि सक्छु पछारिन
आफैंमा एउटा
गुजुल्टो हो मान्छे
न आफुले आफैंलाई फुकाउन सक्ने
न अरुले फुकाउन सक्ने
आजकल म
नयाँ बाटोमा
हिँडन लागेको छु
फेरि नयाँ मानिसहरु चिन्न
खोजिरहेको छु ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...