अमेरिकामा विमान यात्राका क्रममा युवतिमाथि यौन उत्पीडन गर्ने युवालाई दुई वर्ष कैद

अमेरिका– अमेरिकाको संघीय ब्युरोले एक भारतीय मुलका अमेरिकन नागरिकलाई विभान यात्राको
क्रममा अपमानजक यौन उत्पीडन गरेको आरोपमा दोषी ठहराइएको छ ।
साउथ क्यारोलिनाको एउटा अदालतले २९ वर्षिय शिवा के दुर्वेसुलालाई विमान यात्राका क्रममा
एक २२ वर्षिया युवति माथि
गरेको यौन दुर्वहारमा दोषी ठहराइएको हो ।
उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । उनले शिकागोबाट विमान चढेर जाने क्रममा ति युवति माथि
यौन उत्पीडन गरेका थिए । उनलाई विमानका चालक दलका सदस्य तथा अन्य
प्रत्यक्षदर्शिलाई अदालतमा पेश गरि दोषी ठहराइएको थियो ।
यौन उत्पीडनमा दोषी ठहरिएका उनलाई दुई वर्षको कैद सजाय संगै
अदालतले उनलाई
५ हजार डलरको जरिवाना र रिहा पछि दसवर्ष उनीमाथि निगरानी राखिराख्न आदेश समेत दिएको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...