अब कोरोनाको सबै भेरियन्टबाट सुरक्षीत राख्ने नया भ्याक्सिन आउदै
अमेरिका– कोरानाभाइरसको नया नया भेरियन्टले पुरै विश्वलाई चिन्तामा धकेलिरहेको छ ।
यही भएर वैज्ञानिकहरुले कोरोनाभाइरसका
हरेक भेरियन्टबाट सबै मानिसलाई सुरक्षीत राख्ने भ्याक्सिन तयारीमा जुटेका छन् ।
नया युनिभर्सल भ्याक्सिनको तयारी अन्तिम चरणमा पुगेको छ । यसरी बन्ने भ्याक्सिनले हरेक भेरियन्टका लागी काम गर्नेछ ।
यस्तो भ्याक्सिन बनाउन अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीका
ावैज्ञानिकले काम गरिहेका छन् ।
अहिले वैज्ञानिकले यो भ्याक्सिन मुसामा परीक्षण गरिरहेका छन् । यो सबै ठिक भयो भने सन् २०२२ मा मानिसमा परीक्षण गर्ने सोच वैज्ञानिकको छ ।
मानिसमा परीक्षण सफल भएपछि यसको प्रयोगका लागी अनुमति दिइनेछ । वैज्ञानिकको टिमले एमआरएनए तरिका अपनाएका छन् ।
जुन फाइजर र मोर्डना भ्याक्सिन बनाउन प्रयोग गरिएको विधी हो ।
वैज्ञानिकका अनुसार कसैलाई थाहा छैन भविष्यमा कस्ता कस्ता भाइरसको सामना गर्नुपर्ने हो,
त्यसैले भविष्यमा आइपर्ने हरेक महामारीको चुनौतिको तयारीका लागी वैज्ञानिकको समुह भ्याक्सिन बनाउन जुटेको हो ।
यसरी तयार हुन लागेको भ्याक्सिनले सबै प्रकारको भेरियन्टसंग लडने क्षमता राख्ने वैज्ञानिककको दाबी छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...