अमेरिका– एन्टीभाइरस सफटवेयर मेकाफीका जन्मदाता अमेरिकी नागरिक जोन मेकाफी स्पेनको बार्सिलोना स्थित एउटा जेलमा मृत भेटिएका छन् ।
यो घटना हुनु अगाडी नै त्यहा“को अदालतले उनलाई अमेरिका पठाउने अनुमति दिएको थियो ।
उनी कर छली मामलाका मोस्ट वाउन्टेट सुचीमा रहेका थिए । समाचार स्रोतका अनुसार उनले जेल भित्र आत्महत्या गरेको बताइन्छ । उनलाई अघिल्लो वर्ष अक्टोबरमा बार्सिलोनाको अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । पक्राउ पछि उनलाई अमेरिका पठाउने प्रकृया चलीरहेको थियो ।
संसारकै पहिलो एन्टीभाइरस बनाउने व्यक्ति तथगा एन्टीभाइरस सफटवेयर मेकाफीका उनी गुरु मानिन्छन् ।
उनी माथि कर छली आरोप अमेरिकाको टेनिसी देखि मध्यअमेरिका सम्म लागेको थियो ।
७५ वर्षिय ब्रिटीस अमेरिकी जोन डेभिड मेकाफी स्पेनको नेशनल कोर्टले उनी विरुद्ध आदेश जारी गरि अमेरिका पठाउने फैसला गरेको थियो । मेकाफीले १९८७ मा एन्टीभाइरस कम्पनीको स्थापना गरेका थिए ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...