टेक्सस– अमेरिकाको टेक्ससको हयुस्टनको एक अस्प्तालमा कोरोना भ्याक्सिन लगाउन नमानेपछि १७३ जना कर्मचारीको जागीर गएको छ ।
उनिहरुलाई जागीरबाट निकालियो या उनिहरु स्वयःले राजीनामा दिए भन्ने बारेमा स्पष्ट हुन सकेको छैन ।
सिन्हुवा समाचार एजेन्सीले १५३ जनाको जागीर गुमेको बताएको छ ।
समाचार अनुसार गएको अप्रिल महिनामा अस्प्ताललले आफनो कर्मचारीलाई जागीर बचाइ राख्न जुन ७ सम्म भ्याक्सिन लगाउन भनेको थियो ।
उनिहरुलाई थप दुई साता पनि समय दिइएको थियो यो समय सिमा सम्म भ्याक्सिन नलगाएपछि उनहिरुलाई जागीरबाट निकालिएको हुन सक्ने बताइएको छ ।
अस्पताल प्रवक्ताका अनुसार यि कर्मचारी मध्ये २५ जनाले भ्याक्सिन लगाएका थिए ।
टेक्ससको हयुस्टनमा यो कार्वाही पछि अमेरिकाका स्वास्थय सेवा संगठनमा अब भ्याक्सिन लगाउने जनादेश लागु गर्ने क्रम बढेर गएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected