अमेरिका– अमेरिकाको फलोरिडाकेा  मियामी नजिकै सर्फसाइडमा आवासिय भवन भत्किदा मुत्यु हुनेको संख्या चार पुगेको छ ।
त्यसै गरी बेपत्ता हुनेको संख्या १५९ पुगेको छ । हराइरहेका १५९ को अवस्था अज्ञात रहेको छ । हराएका अधिकांश ल्याटिन अमेरिकी आप्रवासी रहेका छन् ।
उद्धारटोलीले उनिहरुको व्यापक खोजी गरिहेको छ ।
बिहीबार
भत्किएको भवन भित्र पुरिएको अवस्थामा एक जनाको शब फेला परेको थियो । शुक्रबार थप तीन जनाको शब फेला परेको छ ।
भवन ढले लगत्तै उद्धारकर्ताले चार दर्जनलाई जिवितै उद्धार गरेका थिए ।
पुरिएका केहीलाई अझै पनि जिवितै उद्धार गर्ने संभावना रहेको बताइएको छ ।
उक्त आवासिय भवन मियामी समुन्द्र किनारबाट झण्डै साढे ६ माइल दुरी टाढा रहेको छ ।
भवनबाट उद्धार गरिएकालाई स्थानिय सरकारले खाने र बस्ने सबै सुविधा उपलब्ध गराएको छ ।
१२ तले उक्त भवन के कारणले भत्कियो भन्ने बारेमा अहिलेसम्म केही बाहिर आएको छैन ।
भवन भत्किनुको कारण बारे जाच गर्न अहिले इन्जिनियरको टोली खटिएको छ । अहिले त्यहा“ सकटकाल घोषणा समेत भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected