अचेल मेरो बुबा केहि बोल्नु हुन्न
न आखा तर्नु हुन्छ
न गुनासो गर्नु हुन्छ
म घर न आउँदा पनि चिन्ता छैन
हप्तौं ओछ्यानमा हुँदा पनि आश्चर्य भाव छैन।
त के गर्दै छस पनि भन्नु हुन्न,
यसो गर राम्रो हुन्छ पनि भन्नु हुन्न।
त्यसो नगर गलत काम हो पनि भन्नु हुन्न।
कहिले काहीं मन लागे सपनामा देखिनु हुन्छ।
शिर सुम्सुम्याउनु हुन्छ।
एकोहोरो मात्र हेरिरहनु हुन्छ।
अचेल मेरो” बुबा” फ्रेममा बस्नु हुन्छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected