बदलिएका क्षणहरु संगै

म पनि

बदलिरहेकोछु

अस्तित्वको संघर्षमा

आफुलाई

समायोजन गरिरहेकोछु

 

मृत्यु गुफा भित्रको अन्धकार

मलाई अझै समात्न  खोज्छन

स्वतन्त्रताको उज्यालोबाट

मलाई पन्छाउन खोज्छन

 

बन्धनको चक्रब्युह छिचोल्दै

खुला क्षेत्रमा आएको छु म

स्वतन्त्रताको मधुर पवन

स्पर्श गर्न चाहन्छु म

 

कुँजिएका मेरा पखेटाहरु

फेरि सक्रिय बनाउनु छ

निलो आकाशमा

आजाद पन्छीहरु संगै उड्नु छ

मुक्तिको आनन्दमा विचरण गर्नु छ

 

–जुन २५, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected