“गोरखा-अमेरिका सम्पर्क समितिले शनिवार सानफ्रान्सिसकाेमा भेटघाट तथा अन्तरक्रिया”कार्यक्रम गर्याे । सो कार्यक्रममा नेपालको कुनै ग्रामीण भेगमा “शिक्षा क्षेत्रमा सहयोग गर्ने र वे-एरियामा सामूहिक भवन(मन्दिर,गुम्बा,चर्च)बनाउन पहल गर्ने र त्यसको लागी सरोकारवालाहरूसंग समन्वय गरेर अगाड़ी बढ्ने कुरा घोषणा गरेको छ।

 कार्यक्रम दुइ चरणमा गरिएको थियो कार्यक्रमको पहिलो चरणमा  “भेटघाट तथा अन्तरक्रिया “कार्यक्रममा प्रमुख अतिथि ने.का. नेता गोरखा जिल्ला क्षेत्र नं-२ का प्रदेश सभासद् प्रकाशचन्द्र दवाडी,विशिष्ट अतिथिद्वय शुशिल कोइराला फ़ाउण्डेशनका केन्द्रीय सदस्य सचिव तथा प्राध्यापक अतुल कोइराला र प्रत्रकार जगत नेपाल थिए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय प्रकाशचन्द्र दवाडी “नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर “तथा “गोरखा-अमेरिका सम्पर्क समिति”की सल्लाहकार हेमा पनेरू, नेपाली जन-सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर का सचिव हरि भट्ट,NANC का पुर्व अध्यक्ष तथा पर्यटन दुत घन प्रसाद दवाडी,तमु सोसाइटीका अध्यक्ष चन्द्र तमु,लगाएतले मन्तव्य राख्नुभएको थियो।मन्तव्यको क्रममा सभासद् दवाडीले “गोरखा-अमेरिका सम्पर्क समिति”संग आफु सहकार्य गरेर जान तयार रहेको र रचनात्मक क़ीमको लागि कार्य योजना दिन आग्रह गरे ।

कार्यक्रमको सभापतित्व य संस्था का अध्यक्ष विश्व भट्टले गरेका थिए ।भट्टले वे-एकियामा सामुहिक भवनको लागि सरोरारवालाहरू संग सहकार्य गरेर अगाडी बढ्ने र नेपालको ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य संस्थाले लिएको कुरा उल्लेख गरे ।

कार्यक्रमको दोश्रो चरणमा पत्रकार जगत नेपाल द्वारा तयार पारिएको प्रतिबन्धित कालमा नेपालमा नेपाली कॉंग्रेस पार्टीको इतिहास संग संबन्धित भएको “विमान अपहरण”वित्त चित्र प्रदर्शन गर्दै यसको ऐतिहासिक महत्व र तयार पार्दाको कठिनाइबारे संक्षेपमा प्रकाश पारे ।

कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरू लगाएत अन्य महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको समाजसेवी माला रेग्मीले जानकारी दिईन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected