अमेरिका-अमेरिकाको फलोरिडामा आवासीय भवन भत्किदा बेपत्ता हुनेमा एक भारतीय मुलका अमेरिकी परिवार पनि रहेका छन् ।
उनिहरुमा ४२ वर्षिय विशाल पटेल र उनको पत्नी ३८ वर्षिया भावना पटेल र एक वर्षकी नाबालिका
छोरी ऐशानी पटेल पनि रहेकी छिन् ।
बेपत्ता विशालकी आफन्त सरिना पटेलले एक ट्वीट गदै खोजीका लागी सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
भावना पटेल चार महिनाको गर्भवति समेत रहेको बताइन्छ । घटना हुदा उक्त परिवार त्यही घरभित्रै रहेका थिए ।
फलोरिडाको मियामी नजिकै सर्फसाइडमा आवासिय भवन भत्किदा मुत्यु हुनेको संख्या ११ पुगेको छ । घटनामा अझै १५० जना बेपत्ता भइरहेका छन् ।
हराएका अधिकांश ल्याटिन अमेरिकी रहेका छन् । १२ तले उक्त भवन के कारणले भत्कियो भन्ने बारेमा अझै स्पष्ट हुन सकेको छैन
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...