अमेरिका– अमेरिकामा भीषण गर्मिका कारण बासिङटन तथा आरेगनमा १२ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार गर्मिका कारण बिजुलीको माग पनि अधिक बढेको छ ।
बढ्दो गर्मि सगै ब्ल्याक आउटको खतरा पनि बढेर गएको छ ।
बढ्दो मागले बिजुली समेत कटौती गर्नु परेको छ । सियाटल र पोर्टल्यान्डमा सय
डिग्री फरेनहाइट भन्दा माथि तापक्रम पुगीरहेको छ ।
गर्मिबाट बच्न रेड अल्र्ट समेत जारि गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले समेत नसोचेको गर्मि भएको भन्दै आश्चार्य व्यक्त गरेका छन् ।
राष्ट्रपति बाइडेनले भने– आरेगनको पोर्टल्यान्डमा कसैले पनि सोचेको थिएन ११६ डिग्री फरेनआइट तापक्रम पुग्छ भनेर ।
अमेरिकाका विभिन्न सहरमा गर्मिबाट बच्न धेरै ठाउ“मा कुलिङ सेन्टर खुल्ला गरिएको छ ।
समाचार अनुसार न्युयोर्क सहर पनि लु को चपेटामा परेको छ।
यही भएर न्युयोर्क सरकारले गर्मिबाट बच्न सर्वसाधारणलाई कुलिङ सेन्टर खुल्ला गरिदिएको छ ।
न्युर्याकका मेयरले घरबाट ननिस्कन चेतावनी समेत दिएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...