ट्याक्स चोरीको मामलामा फसे डोनाल्ड ट्रम्पको कम्पनीका बित्तिय अधिकारी

अमेरिका– अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका पारिवारिक व्यवसाय तथा ट्रम्प अर्गानाइजेसन
ट्याक्स चोरीको जाचमा फस्न पुगेको छ ।
न्युयोर्क म्यानहटनको एउटा अदालतले डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी
ट्रम्प अर्गानाइजेसन तथा त्यसको मुख्य बित्तिय अधिकारी एलन बिसेलबर्गलाई ट्याक्स चोरीमा दोषी बनाएको छ ।
आरोपित अधिकारी बिसेलबर्गले आत्मसमर्पण समेत गरेका छन् । झण्डै दुई वर्षको जाच पछि
पहिलो पटक उनी माथि अपराधिक मामिला दर्ता गरिएको हो ।
उनको आत्मसमर्पण संगै नया तथ्य बाहिर आउने संकेत गरिएको छ ।
यो संगै निवर्तमान राष्ट्रपिनि डोनाल्ड ट्रम्पलाई समेत समस्या हुने देखिएको बताइन्छ ।
आत्मसमर्पण गरेका उनलाई म्यानहटन अदालतमा पेश गरिने जनाइएको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...