अमेरिका– अमेरिकामा नया कोरोनाको डेल्टा भेरियन्ट को संक्रमण एक चौथाई भन्दा बढी हुन पुगेको छ ।
अति संक्रमक मानिएको डेल्टा भेरियन्ट फैलिएपछि
अमेरिकाको जो बाइडेन प्रशासनले फेरि मास्क अनिवार्य लगाउने नियम मािथ पुर्नविचार गर्न लागेको छ ।
कुल संक्रमणमा अहिले २० प्रशिशत डेल्टा भेरियन्ट देखिएको छ । अमेरिकाको सबै राज्यमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ।
अमेरिकाका सर्जन जनरल डा विवेक मुर्तिले समेत सिएनन संग कुराकानी गदै डेल्टा भेरियन्टले फेरि चिन्तित बनाएको बताएका छन् ।
यो भाइरस सुरुमा भारतमा पाइएको थियो ।
डब्लुएचओको पछिल्लो तथ्याङक अनुसार यो अहिले संसारका ९६ देशमा यो डेल्टा भाइरस फैलिन पुगेको छ ।
सयुक्त राष्ट्रसंघले समेत आउने दिन डेल्टा भाइरस हावी हुन सक्ने भन्दै सर्तक रहन चेतावनी समेत दिएको छ ।
विश्व स्वास्थय संगठनले समेत अहिलेसम्मको भाइरसमा डेल्टा सबैभन्दा संक्रमक र खतरनाक भएको समेत पहिचान गरेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected