अमेरिका– चर्चित अमेरिकी गायिका ब्रिट्नी स्पियर्सको बुबालाई आफनो संरक्षकबाट हटाउने अनुरोधलाइ
अमेरिकी अदालतले अस्वीकार गरिदिएको छ ।
अदालतको आदेश संगै उनको बुबानै उनको संम्पत्तिको सरक्षक रहने फैसला गरिएको हो ।
गत वर्षको नोभेम्बरमा ब्रिटनीका वकीलले लस एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई
गायिकाको संरक्षकबाट हटाउन याचना दायर गरेका थिए ।
गायिकाले आफनो बुबाबाट डराएको र सन् २००८ देखि एकल
सरक्षकको भुमिकामा रहेका उनलाई हटाउन चाहेको बताएका थिए ।
गत साता ब्रिटनीले अदालतलाई आफुलाई लागु औषध दिइएको,
इच्छा विपरीत सांगतिक कार्यक्रम गर्न बाध्य बनाइएकेा र सन्तान जन्माउन नदिएको बताएकी थिइन ।
उनले १३ वर्ष सरक्षकको नाममा बुबाले १३ वर्ष दुव्यर्हारपुर्ण सरक्षकत्व दिएको भन्दै अदालतमा आक्रोस पोखेकी थिइन ।

उनले प्रेमीसंग विवाह गरेर अर्को सन्तान जन्माउने चाहे पनि नियन्त्रण गरिएको बताएकी छिन् ।
यो अदालतलमा रुदै भनिन– ,यो सरक्षकत्वले मलाई फाइदा भन्दा पनि हानी गरेको छ । म खुशी छैन र सुत्न सक्दिन । दिनदिनै रुन्छु ।’

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected