अमेरिका– अमेरिकाको हवाइमा बोइङ ७३७ कार्गो जेट विमान आपतकालिन रुपमा समुन्द्रमा अवतरण गराईएको छ ।
होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको विमान डयानियल के इनोए
अन्तराष्ट्रिय विमानस्थलबाट उडेको केह क्षणमै समुन्द्रमा अवतरण गराइएको थियो ।
समुन्द्रमा अवतरण गराइएका जहाजका दुबै पाइलटलाई उद्धार गरिएको छ ।
दुवै पाइलट मध्य एक जना जहाजको पुच्छर समातेर पानीमा तैरिरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
अर्को पाइलटको टाउकोमा गंभीर चोट लागेको छ ।
जहाजको इन्जिनमा समस्या आएपछि संभावित दुर्घटनाबाट जोगाउन पाइलटले जहाजलाई समुन्द्रमा अवरतण गराएका थिए ।
आफुहरु समस्यामा परेको थाहा पाएपछि पाइलटले कन्ट्रोल रुमलाई फोन गरेर जहाजलाई पानीमा अवतरण गराएका हुन । द फेडरल एभिएसन एडमिनिस्ट्रेसन तथा ट्रान्सप्रोटेसन सेफटी बोर्डले विमानको घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected