नेपालको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना बिश्वमै उत्कृष्ट
नेपालको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना बिश्वमै उत्कृष्ट बनेको छ l भाेटका कारणले प्रस्तावना उत्कृष्ट बनेकाे हाे
कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि यो परियोजनाको परिकल्पना गरिएको थियो l ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र पारेको थियो । पब्लिक भोटिङमा कुल खसेको १८८७२ मत मध्ये ८३४२ (४४ %) मत प्राप्त भएको छ l यो मत समुहलाई पछ्याउने भन्दा १७३७ ले बढी हो l परियाेजना संगै अर्को समुहबाट नेपालको SMCRF संस्थाको ‘चन्द्रागिरी देखि चम्पादेवी’ सरसफाई अभियान पनि छनौट भएको
हाे ।
अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा परे ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान पाएकाे छ ।त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ प्रकृतिका साथी नामक संस्थाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरू यसबाट लाभान्वित हुनेछन् ।
नेपालको तर्फबाट सो परियोजनाको नेतृत्व ध्वाँसे चितुवाको नामले परिचित दोलखा निवासी अनुसन्धानकर्मी यादव घिमिरे र कास्कीका ‘उल्लु सर‘ भनेर चिनिने संरक्षणकर्मी राजु आचार्य सहितको समूहले गरिरहेका छन् । दुवै जना नेपाल भित्र र बाहिर वन्यजन्तुको अनुसन्धान र संरक्षणका काममा स्थापित नाम हाे ।
नेपालमा पाइने १२ प्रजातिका बिरालो प्रजातिहरुमध्ये यो प्रजाती लजालु स्वभावको हुन्छ l यो प्रजाति बाँदर झैँ चढने, उफ्रने तथा झुन्डिने गर्न सक्छ l बाँदरको सङ्ख्या नियन्त्रणमा सहयोगी यो स्तनधारी बन विनाश, डढेलो, चोरी सिकारी, अवैध व्यापार आदि कारणले अफ्ठयारोमा पर्दै गएका छन्l नेपाल सरकारले यो प्रजातिलाई संरक्षित प्रजातिमा पनि सुचिकृत गरेको छ l यो प्रजाति संरक्षणको लागि सिक्लेस, ताङतीङ, भुजुंग क्षेत्रमा संरक्षणका कामहरु हुँदै आएका छन् l