क्यालिफोर्नियामा कैदीसंग यौन सम्पर्क राखेको आरोपमा महिला अधिकारीलाई जेल

अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा एक जेल अधिकारीलाई कैदीहरु संग यौनसम्पर्क
गरेको आरोपमा सात महिनाको जेल सजाय सुनाइएको छ ।
क्यालिफोर्नियाको फ्रेस्नो काउन्टीकी जेल सुधार अधिकारी २७ वर्षिया टिना
गोन्जालेजलाई ११ जना कैदीहरुसंग यौन सम्पर्क राखेको आरोपमा जेल सजाय सुनाइएको हो ।
उनले हिरासतमा रहेका कैदीहरुसंग सहमतिमै यौन सम्बन्ध राखेको बताइएको छ ।
उनलाई डिउटीको दौरान अश्लील हर्कत गरेको आरोपमा सजाय सुनाइएको हो ।
कारागारका केही कर्मचारीले कैदीहरु संग कारागारकी महिला जेल अधिकारी संग यौन सम्बन्धका बारेमा
कुरा गरिरहको सुनेपछि यथार्थ बाहिर आएको हो । उनि माथि जागीर भन्दा पहिला खाइएको शपथ उल्लघन गरेको आरोप समेत लगाइएको छ ।
महिला अधिकारीले कैदीलाई फोन समेत दिएकी थिइन ।
फोनमा ति महिला र कैदी संग भएको अश्लिल कुराकानी समेत फेला परेको थियो ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...