अमेरिका– कोरानाभाइरसको संक्रमणलाई लिएर अधिकांश मुलुकमा हवाई यात्रा यात्रुलाई फेस्क मास्क लगाउन ।
भनिएको छ । तर अमेरिकाको एउटा हवाई उडानका क्रममा केही विद्यार्थी समुहले फेस मास्क लगाउन नमानेपछि हवाई उडान नै रोकिन पुगेको छ ।
अमेरिकी संचारमाध्यमका अनुसार अमेरिकी एयरलायन्सको उडान ८९३ सोमबार बिहान ९.३० बजे नर्थ क्यारोलिनाको डगलसबाट
बहामासको उडान भर्ने तयारीमा थियो । बिमानमा बसेका केही युवाको समुहले फेस मास्क लगाउन मानेनन ।
यसलाई लिएर विमानका चालक दलका सदस्य र ति विद्यार्थी समुहबीच ठुलो बहस भयो ।
ति यात्री बिद्यार्थी समुहले मास्क लगाउने नियम पालन गर्न राजी भएनन ।
उनिहरु होहल्ला गदै अपशब्द समेत बोल्न थाले ।
ति विद्यार्थीको समुह बोस्टन हाइस्कुलमा अध्ययन गर्ने ३० जना छात्र छात्राहरुको समुह थियो । उनिहरु आफनो ग्रयाउजुएसन सेलिब्रेट गर्न जादै थिए ।
उनिहरुका कारण विमानका अन्य यात्रुले पुरै रात विमानस्थलमा बिताउनु प¥यो । दोस्रो दिन ति विद्यार्थी मास्क लगाउन राजी भए र अर्को दिन बल्ल विमानले उडान भर्न सक्यो ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected