अमेरिका– तिब्बती धर्मगुरु दलाई लामा को ८६ औ जन्मदिनको अवसर पारेर अमेरिकाको न्युयोर्कमा एउटा पुस्तकालय स्थापना हुने भएको छ ।
५० लाख डलरमा पुस्तकालय स्थापना गरिने भएको हो । पुस्ताकालय स्थापना गर्ने घोषणा नामग्याल मठले गरेको हो ।
पुस्तकालय संगै अध्ययन केन्द्र समेत खोलिने बताइएको छ । पुस्तकालय ९ हजार २४० वर्ग फिट एरियाको हुनेछ । पुस्तकालयमा दलाई लामा सम्बन्धी सबै जानकारी समावेश हुनेछ ।
मंगलबार आफनो ८६ औ जन्मदिन मनाउदै गरेका १४ औ दलाई लामा १९५९ मा तिब्बत संघर्ष विद्रोहको समय
भारतको हिमान्चल प्रदेशको धर्मशिलामा आफनो मुख्यालय बनाएका थिए ।
चीनले दलाई लामा माथि तिब्बतलाई चीनबाट अलग गर्ने माग गरेको आरोप लगाइरहेको छ ।
पछिल्लो समय दलाई लामालाई विना शर्त तिब्बत यात्राको अनुमति दिन चीनलाई दबाब समेत दिइएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...