अमेरिका– भुटानका तत्कालिन गृहमन्त्री दागो छिरिङलाई जापान सरकारले एउटा अर्वाडले सम्मान
गर्न लागेकोमा त्यसको नेपाली भाषी भुटनिज समुदायले त्यसको बिरोध गरेका छन् ।
१९९० सालमा नेपाली भाषी भुटनिज समुदाय माथि मानवअधिकार बिरोधी गतिविधी थिचोमिचो र
संस्कृति माथि समेत प्रहार गरेका दागो लाई जापान सरकारदले राइजिङ सन गोल्ड एण्ड स्लिभर स्टार अर्वाडले सम्मान गर्न लागेपछि विश्वभर
छरिएर रहेका भुटनिज नेपाली समुदायले बिरोध जनाएका हुन । उनको गृहमन्त्री कालमा
नै धेरै नेपाली भाषी भुटनिजहरु दमनका कारण भुटानबाट बिस्थापित हुनु परेको ग्लोबल भुटनिज अभियान समन्वय समितिले जनाएको छ ।
अवार्ड उनलाई दिन नहुने भन्दै नेपाली भाषी भुटनिज समुदायले हस्ताक्षर अभियान सुरु गरेका छन् । उनिहरुले
न अवार्ड टु दागो छिरिङ नामक हयासट्याग अभियान नै चलाएका छन् । उनिहरुले जापानी प्रधानमन्धीलाई पत्र
समेत लेखेर अर्वाड नदिन आग्रह गरेका छन् ।
लिंक तल छ :
Petition link https://www.change.org/p/prime-minister-of-japan-japan-no-award-to-dago-tshering-perpetrator-of-gross-human-rights-abuses-in-bhutan?redirect=false
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...