अमेरिका– अमेरिकाको विभिन्न राज्यमा भीषण गर्मिले अहिले उत्पात मच्चाइरहेको छ । अमेरिकाको विशेष गरि ओरेगन राज्य गर्मिबाट बढी प्रभावित बन्न पुगेको छ ।
ओरेगनमा अहिलेसम्म गर्मिका कारण चलेको लु का कारण ११६ जनाको ज्यान गइसकेको स्वाथ्य विभागले जारी गरेको तथ्याङकमा उल्लेख गरिएको छ।
लुको चपेटामा परेर ज्यान गुमाउनेमा सबैभन्दा कम उमेर ३७ वर्ष तथगा बढी उमेरका ९७ वर्ष उमेर समुहका व्यक्ति रहेका छन् । ओरेगनको पोर्टल्यान्ड सहर गर्मिबाट बढी प्रभावित बनेको छ ।
गर्भरन केट ब्राउनले गर्मिबाट प्रभावित र ज्यान गुमाउनेहरु बढेपछि स्थानिय एजेन्सीहरु संग आकस्मिक बैठक बसेर चालिने कदमका बारेमा छलफल गरेका छन् । पोर्टल्यान्डको तापक्रमले अहिलेसम्मको सबै रेकर्ड तोडेको छ ।
पछिल्लो तीन दिनमा ओरेगन संगै बासिङटन संगै अन्य राज्यहरुमा पनि गर्मिको असर देखिएको छ । मौसम विज्ञहरुले अधिक गर्मि हुुनुमा मौसम परिवर्तन समेत एउटा कारण हुन सक्ने बताएका छन् । अमेरिकाका केही राज्यमा तापक्रम ११५ डिग्री फरेनहाइट सम्म पुगीरहेको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















