अमेरिका– अमेरिकाको कोरोनाभाइरसको नया डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिन थालेको छ । पछिल्लो समय देखिएको कोरोनाभाइरसको आधा संक्रमण डेल्टाको भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साताको अन्त सम्ममा १६ करोडलाई कोरोना भ्याक्सिनको दुबै डोज उपलब्ध गराइने बताएका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले
समेत अहिले ५१ प्रतिशतमा डेल्टाको संक्रमण भेटिएको बताएको छ । अमेरिकाका कोरोना भ्याक्सिनको अभियान तिब्र रुपमा अघि बढेपनि गएकेा अप्रिल महिना देखि निकै कमी आएको छ ।
अमेरिकाको दक्षिण तथा मध्य पश्चिम क्षेत्रमा कोरानो भ्याक्सिन अभियानको गतिमा कमी देखिएको छ ।
भ्याक्सिन अभियानमा देखिएको सुस्ताताले पछिल्लो पटक अमेरिकाको डेल्टा भेरियन्टको संक्रमण पनि बढीरहेको छ ।
अमेरिकाका वरिष्ट संक्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोना भ्याक्सिनको रफतार बढाउन नसकिए डेल्टा भेरिन्टको संक्रमण भयावह हुने बताएका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...