अमेरिका– गैरकानुनी बाटोबाट अमेरिका आउदै गरेका ७ जना नेपाली क्यारेबियन सागरमा बेपत्ता भएका छन् ।
कोलोम्बियाको पोएर्तो स्थित क्यारेबियन सागरमा ८ नेपाली र १० जना बंगलादेशी नागरिक चढेको डुंगा दुर्घटनामा
परेका हुन । डुगा दुर्घटनामा परेका आठ मध्ये
दांगका एन्जल मगरको मुत्यु भएको पृष्ठि परिवारजनले गरिसकेको छ ।
डुंगामा सवार आठ नेपालीमा मुत्यु भएका भनिएका एन्जल सहित दांङ तुल्सीपुरका हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुस्माका दिनेश गौतम, पर्वत ग्यादीीका राजु गुरुङ, स्याङजाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक, तथा एक जना नाम ठेगाना नखुलेका नेपाली रहेका छन् । ति मध्यृे उद्धार गरिएका म्याग्दीका प्रकाशक विक स्थानिय एक अस्पतालमा उपचार पछि फर्किउका छन् ।
डुगा चढनु अघि होटलबाट परिवारसंग सम्पर्क गरेर निस्केका उनिहरु त्यसपछि सम्पर्क बिहीन भएका छन् ।

उद्दार गरिएका म्याग्दीका प्रकाश बिक । तस्वीर कान्तिपुर

सबै नेपालीहरु ग्त चैत २३ गते अमेरिका जान भन्दै काठमान्डौबाट दुबई पुगेका थिए । दुबईमा केही दिन बसेपछि मानव गिरोहले उनिहरुलाई मस्को, जर्मनी, ब्राजिल हुदै कोलम्बिया पुराएका थिए । उनिहरुलाई अमेरिका पुराउने भन्दै मानव तस्करले दुई महिनादेखि कोलम्बियामा रोकेर राखेको थियो ।
स्रोत कान्तिपुर

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected