अमेरिका– अमेरिकाले केही दिनमै १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने कोभिड–१९ को भ्याक्सिन निशुल्क उपलब्ध गराउने भएको छ ।
नेपालका लागी अमेरिकी राजदुत ¥यान्डी बेरीले एक ट्वीट गदै खोप उपलब्ध गराउने बारेमा जानकारी दिएका हुन । उनले ट्वीट गदै भनेका छन् – ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागी अत्यन्त खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’


यस अघि अमेरिकाले एक डोजको जोन्सन एण्ड जोन्सन भ्याक्सिन खोप नेपाललाई दिन लागेको बताएको थियो । अहिले कुन भ्याक्सिन नेपाललाई दिन लागीको हो त्यो बारेमा खुलाइएको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected