अमेरिका-नेपालबाट हराएको अंशुबर्मा कालिन पुरानो पार्वतीको मुर्ति अमेरिकाका फेला परेको छ ।
भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्व। महादेव मन्दिरबाट ४० वर्ष अघि हराएको मुर्ति अमेरिकाको
कनेटिकट को येल युनिभर्सिटी संग्रहादयमा फेला परेको हो । लस्ट आर्टस अफ नेपालले सन ८० को
दशकमा हराएको मुर्ति अमेरिकामा फेला परेको उल्लेख गरेको कान्तिपुरले जनाएको छ ।
उक्त मुर्ति २०३५ सालतिर हराएको अनुमान गरिएको छ। येल विश्वविद्यालयको बेभसाइटमा यो
मुर्तिलाई बुद्धिस्ट गडेस तारा भनेर चर्चा गरिएको छ ।
अमेरिकाको कनेटिकट राज्यको नेपाली मामला समेत हेर्ने न्युयोर्क स्थित
कार्यबहाक नेपाली महावाणिज्यदुत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे
जानकारी पाएको उल्लेख गदै यसबारेमा पत्रभार प्रकृया अघि बढाइने बताएका छन् ।
यस अघि पनि हराएको ४० वर्षपछि पशुपति मन्दिर परिसरबाट हराएको लक्ष्मी नारायणको
मुर्ति टेक्ससको ड्यालस आर्ट म्युजियममा भेटिएको थियो । अमेरिका स्थित नेपाली दुताबासको
पहलमा उक्त मुर्ति केही महिना अघि नेपाल पठाइएको थियो ।

तस्वीर कान्तिपुर

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected