अमेरिकामा राष्ट्रिय आविष्कार केन्द्रको अभियान चलाएर स्वदेश फिरे महावीर पुन

अमेरिका– राष्ट्रिय आविष्कार केन्द्रको बारेमा जानकारी दिदै अमेरिकाका
विभिन्न राज्यमा अभियान सहित हिडेका महावीर पुन शनिवार न्युयोर्क हुदै नेपाल फर्केका छन् ।
अमेरिका बसाईको डेढ महिनामा उनले राष्ट्रिय आविष्कार केन्द्रको गतिविधी
सगै भावी योजनाका बारेमा नेपाली समुदायसंग अन्तक्रिया र गतिविधिको बारेमा जानकारी गराउदै हिडका थिए ।
झण्डै डेढ महिनाको अमेरिका बसाईमा उनी २८ वटा राज्यका विभिन्न नेपाली संघ
सस्थाले गरेको कार्यक्रममा सहभागी भएको राष्ट्रिय आविष्कार केन्द्रका
अभियान्त डाक्टर सन्तोष सापकोटाले जानकारी दिए । उनका अनुसार पुन ति राज्यका झण्डै ५४ वटा कार्यक्रममा सहभागी भए ।
अमेरिकामा रहदा महावीर पुनलाई सम्मान पनि गरिएको थियो ।
उनलाई हालै मात्र ओहायोका दुई शहरमा नगरबासीको तर्फबाट सम्मान गरिएको थियो ।
त्यस्तै अमेरिकाका अन्य राज्यमा पनि उनलाई अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने स्थानिय तहबाट सम्मान गरिएको छ।
अमेरिकामा राष्ट्रिय आविष्कार केन्द्रको अभियानका क्रममा नेपाली समुदायको तर्फबाट
विभिन्न सामान सहित झण्डै दस करोड रुपैया सहयोग सकलन भएको अनुमान छ ।
अमेरिकाबाट राष्ट्रिय आविष्कार केन्द्रको पहलमा केही समय अघि ५० वटा
भेन्टिलेटर नेपाल पठाइसकिएको राष्ट्रिय आविष्कार केन्द्रका अभियान्त डाक्टर
सन्तोष सापकोटाले जानकारी दिए । अन्य केही भेन्टिलेटर पनि नेपाल पठाउने प्रकृयामा रहेको छ । गत मे २३ मा उनी अमेरिकाको नेब्रस्का आएका थिए । उनी आफनै एक विशेष कामले अमेरिका आएका हुन । अमेरिका बसाईका दौरान नेपाली समुदायसंग भेटघाट, अन्तिक्रयाको दौरान उनको राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाली समुदायले स्वतःस्फुर्त रुपमा सहयोग गरेका थिए । उनलाई सुन्न र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा जानकारी लिन नेपाली समुदाय उत्सुक भएर लागेका थिए ।