कताबाट राक्षसी प्रवृति

पस्यो  तिम्रो मनमस्तिष्कमा

तर्साउन, सताउन पो लाग्यौ

अरुको सुन्दर बगैंचा उजाड्न पो लाग्यौ

अनि आफ्नै घरवारी बिगार्न पो लाग्यौ

 

असल थियौ

राम्रा गुण बाँकी तिमीमा अझै पनि

अहिले गलत बाटोमा हिँडे पनि

फर्किन मिल्छ

सहि बाटोमा अझै पनि

 

नहिँड कुमार्गमा अव

यसले सत्यानास पछुतो हुन्छ

तिमी जस्ता आशलाग्दो मान्छे

गलत बाटोमा हिँडेको देख्दा

मन छियाछिया हुन्छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected