अमेरिका– हङकङको चर्चित पत्रिका एप्पल डेली बलपुर्वक बन्द गराएको बिरोधमा अमेरिका सहित २१ व्टा देशले विरोध गरेका छन् ।
मिडिया फ्रीडममा सामेल अष्टेलिया , अष्टिया , क्यानडा, फ्रान्स जर्मनी, आइसल्यान्ड तथा ब्रिटेन समेत
गरि २१ देशका सरकारद्धारा जारी बयानमा यसको बिरोध गरिएको हो । अघिल्लो महिना एप्पल डेलीको अन्तिम संस्करण प्रकाशित भएपछि बन्द रहेको छ ।
अन्तिम संस्करणमै दबाबका कारण अखबारको प्रकाशन बन्द गर्न विवश भएको उल्लेख गरिएका् थियो । पछिल्लो समय चिनिया शाशनको दबाबमा हङकङमा मिडिया माथि दबाब सृजना भइरहेको बताईन्छ ।
चीनले भने यसलाई आफनो आन्तिरिक मामला भन्दै यसमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एप्पल डेली बन्द प्रति चिन्ता व्यक्त गरेपछि चीन सरकारले यसलाई आफनो आन्तिरिक मामला भन्दै प्रतिकृया दिएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected