अमेरिका– अमेरिकाको क्यालिफोर्निया स्थित डेथ भ्यालीको तापक्रम १३० डिग्री फरेनहाइट अर्थात ५६ डिग्री सेल्सियस पुगेको छ ।
यो तापक्रम बृद्धि संगै यहा“ पृथ्वीकै सबैभन्दा गर्मिको हिस्सा बन्न पुगेको छ ।
आइतबार डेथ भ्यालीको केन्द्रमा लगाइएको थर्मोमिटरमा तापक्रम १३० डिग्री पुगेको हो ।
यो पृथ्वीकै सबै भन्दा अधिक तापक्रम भएको बताइएको छ । आइतबार नै दिउसो यो तापक्रम बढेर १७८ डिग्री फरेनहाइट सम्म पुगेको थियो ।
अमेरिकाका केही राज्यमा पनि गर्मि अधिक बढीरहेको छ । दक्षिण ओरेगनको जंगलमा लागेको
आगोका कारण तापक्रम झनै बढीरहेको छ । गर्मिकै कारण धेरैको ज्यान पनि गएको छ।
राष्ट्रिय मौसम विभागले अधिक गर्मिको चेतावनी दिएको छ । आउने दिन झनै गर्मि हुन सक्ने बताइएको छ ।
गर्मि संगै बढेको लु ले अमेरिकाका विभिन्न राज्यमा जनजीवन समेत प्रभावित बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected