अमेरिका– अमेरिकाको न्युजर्सिमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् ,
सोमबार भएको उक्त घटनामा २३ वर्षिय मिलन घिमिरेले संगै काम गर्दै आएका ५६ वर्षिय फु छेवाङको हत्या गरेको हुन । हत्याको अभियोगमा प्रहरीले घिमिरेलाई पक्राउ गरिसकेको छ । उनले दर्जनौ पटक गोली प्रहार गरी छेवाङको हत्या गरेका थिए ।
उनलाई हत्या अभियोगमा मुद्धा चलाइएको छ । दुवै जना संगै ग्यास स्टेनशमा काम गदै आएका थिए । घटना भने घरमा नै घटेको थियो दुबै सगै बस्दै आएका थिए । स्वयः घिमिरे ले नै प्रहरीलाई फोन गरेर घटना बारेमा जानकारी गराएका थिए । उनले गैरकानुनी तवरले राखेको बन्दुकबाट गोली चलाएका थिए ।
उलाई हत्या अभियोगमा मुद्धा चलाइएको छ । अमेरिकामा पछिल्लो क्रममा गोलीकाण्डमा नेपालीहरुको ज्यान जाने गरेको छ । तर यो घटनामा नेपालीबाट नेपालीको गोली हानी हत्या गरिएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...