म कमजोर लाग्छ तिमीलाई

त्यसैले सुन्दैनौ

मेरा राम्रा राम्रा कुरा

म बलियो भएँ भने

झुम्मिन्छौ तिमी

सुन्न मेरा बकम्फुसे कुरा

 

त्यो बेला मैले जे भने पनि

‘हो‘ मा ‘हो‘ मिलाउनेछौ

म संग कुरा गर्न पाउँदा

आफुलाई धन्य सम्झिनेछौ

तर थाहा पाउँछौ असली हैसियत

जव तिमी नराम्रो सँग पछारिनेछौ

 

बोध छ मलाई

मान्छेको हैसियत र हेर्ने दृष्टीकोणको

पिडित  छु म पनि

थाहा नपाउँदा भेद

सज्जन र दुर्जनको

 

–जुलाई १५, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected