म कमजोर लाग्छ तिमीलाई
त्यसैले सुन्दैनौ
मेरा राम्रा राम्रा कुरा
म बलियो भएँ भने
झुम्मिन्छौ तिमी
सुन्न मेरा बकम्फुसे कुरा
त्यो बेला मैले जे भने पनि
‘हो‘ मा ‘हो‘ मिलाउनेछौ
म संग कुरा गर्न पाउँदा
आफुलाई धन्य सम्झिनेछौ
तर थाहा पाउँछौ असली हैसियत
जव तिमी नराम्रो सँग पछारिनेछौ
बोध छ मलाई
मान्छेको हैसियत र हेर्ने दृष्टीकोणको
पिडित छु म पनि
थाहा नपाउँदा भेद
सज्जन र दुर्जनको
–जुलाई १५, २०२१
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...