अमेरिका– अमेरिकाको भर्जिनियामा पिज्जा पसल संचालन गर्ने एक पाकिस्तानी र उनका
साथीले पाकिस्तानमा अवैध तवरले हतियार पठाएको अपराध स्वीकार गरेका छन् ।
अमेरिकाको न्याय विभागका अनुसार पाकिस्तानी मुलका ३५ वर्षिय अशफाक मलिक र
उनका २२ वर्षिय साथी बलिद आफताब संग मिलेर पिज्जा पसल चलाउदै आएका थिए । उनिहरुले ४८ भन्दा बढी एआर–१५ सेमी अटोमेटिक राइफल तथा म्यागजिन र पाटपुर्जा अबैध रुपले पाकिस्तान पठाएका थिए ।
उनिहरुले भर्जिनियाको मार्लबोरोमा पिज्जा पसल चलाउदै आएका थिए । उनिहरुको पाकिस्तानको घर लाहोर रहेको बताईन्छ । उनिहरुले भर्जिनियामा बसेर आफनो नाममा हतिायार खरिद गदै आएका थिए । उनिहरुले गलत जानकारी दिदै हतियार किन्दै आएका थिए । अमेरिकी कानुन अधिकारीका अनुसार दुबैलाई हतियारको अबैध तवरले तस्करी गरेकोले दस वर्षको जेल सजाय हुन सक्नेछ ।
एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...